दफा २०
कारागार जाँच पछि गर्नुपर्ने कारवाई
दफा १९ बमोजिम कारागार जाँच्ने प्रमुख जिल्ला अधिकारी वा असिष्टेण्टले कारागारको जाँच गरेपछि देहायका कुरामा देहाय
बमोजिम गर्नुपर्छ –
(क) थुनुवा वा कैदी म्याद भन्दा बढी थुनिए वा कैद परेको देखिएमा त्यस्ता थुनुवा वा कैदीलाई तुरुन्त थुना वा कैदबाट मुक्त गरी सो थुनुवा वा कैदीलाई थुन्ने वा कैद गर्ने अड्डा वा अदालतलाई सो कुराको सूचना दिने ।
(ख) पुर्पक्षका लागि थुनिएको व्यक्तिको सम्बन्धमा जेलरले दफा १८ को उपदफा (२) बमोजिमको कारवाई नगरेकोमा सो गर्न लाउने ।
(ग) कारागारका कुनै कर्मचारीले आफ्नो कर्तव्य पालन नगरेको वा कर्तव्य पालनमा लापरवाही गरेको देखिएमा निज उपर मुद्दा वा अन्य कारवाई चलाउन पर्ने भएमा प्रचलित नेपाल कानुन बमोजिम त्यस्तो कारवाई आफैले गर्न हुनेमा आफैले गर्ने र आफैले गर्न नहुनेमा सो कुराको जनाउ सम्बन्धित अधिकारीलाई पठाउने ।